
काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकाको ब्यस्त ठाउँ त्रिभुवनचाेक देखि गोदामचोकसम्म अव्यवस्थित पार्किङले गर्दा सवारी साधनकाे ट्राफिक जामकाे मध्यनजर गर्दै पार्किङ गरे अबदेखि ह्विल लक लगाउने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा नगरपालिका र वडा नम्बर ७ का वडा अध्यक्षको रोहबरमा छलफल गरेर सो निर्णय गरेको हो। आगामी भदौ १ देखि अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न प्रहरी र स्थानीय तहका प्रतिनिधी बसेर ह्विल लक गर्ने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।


बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष बर्ण शाक्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ, समाजसेवी, यातायात व्यवसायीको सहभागितामा बसेको बैठकले भदौ १ देखि व्यवस्थित पार्किङ काे निर्णय कार्यान्वयन गर्ने भएकाे छ ।
पुर्वपट्टीकाे भागमा १५ दिन पार्किङ हुनेछ भने पच्चिम भागमा १५ दिन हुने बैठककाे निर्णयमा उल्लेख गरिएकाे छ।
(त्रिभुवनचाेक)चारदोबाटोमा पनौतीको गाडी रोक्ने र चढाउने कार्य भैरहेको थियाे भने अब भदौ १ देखि गाेदामचाेक स्थित सहकारी भवन अघि सार्ने निर्णय समेत गरिएकाे ट्राफिक प्रमुख श्रेष्ठले बताउनु भयाे।