अवैध लागूऔषध गाँजा सहित पक्राउ

  •   पाेखरा
  •   १५ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

अवैध  लागूऔषध गाँजा सहित  पक्राउ

भाद्र१५ गते

पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्रीबितरण, ओसारपसार  गर्ने दुई व्यक्तिलाई पक्राउ गरेकाे छ ।

    अवधै रूपमा लागुअाैषध अाेसारपसार गर्दै अाएकाे  भन्ने गोप्य सुचनाको आधारमा पाेखरा महानगरपालिका विराैटा १७ मा बस्ने द्वय  संयाेक बि.क. र शिलास बि.क.लाई   जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालय प्रहरी चौकी भरतपोखरीबाट खटिएको बिशेष टोलीले मिति २०७७ भाद्र १४  गते राति २२:३० बजेको समयमा  पक्राउ गरेकाे छ।

सवारी साधन चेकजाँच गर्ने क्रममा ग ९ प ६०२८ नं.को पल्सर मोटरसाईकलमा सवार दुई  व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लागूऔषध गाँजा ६ के.जी. १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन (weighing Machine)  १ थान  समेत फेला पारी दुईजनालाई  नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यलय  कास्कीका प्रहरी उपरिक्षक (एसपि)जीवन श्रेष्ठले खबर न्युज नेपाललाई  जानकारी दिनुभयाे ।
  अवैध धन्दामा सम्लग्न व्यक्तिहरूलाई   लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत आवश्यक अनुसन्धान अगाडी बढाईएको उपरिक्षकले बताउनु भयाे  ।

अवधै धन्दामा पक्राउ परेका व्यक्तिहरुको विवरण

भियुक्त नं.१
•नाम :संजोक बि.क. 
•उमेर : २३ वर्ष
•ठेगाना : जिल्ला तनहुँ शुक्लागण्डी १२ घर भई
हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा
•शैक्षिक योग्यता :-  १० पास
•पेशा :- ड्राईभर
•पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा.
        वडा नं.-३३ भरतपोखरी
•पक्राउ मिति :-  मिति २०७७।०५।१४ गते ।

अभियुक्त नं.२
•नाम : शिलास बि.क. 
•उमेर : २० वर्ष
•ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा
•शैक्षिक योग्यता :-  सा.ले.प.
•पेशा :-  सटिङको काम गर्ने
•पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं.-३३ भरतपोखरी
•पक्राउ मिति :-  मिति २०७७।०५।१४ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *