अवैध पटाका ५९,९०० थान सहित पक्राउ/नागढुंगा

  •   काभ्रे
  •   २६ कार्तिक २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

यात्रुबसमा ल्याएको ५९,९०० थान पटाकासहित मानिस पक्राउ

चन्द्रागिरि .नगरपालिका .२ नागढुङ्गा चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सर्लाही जिल्लाको मंलङ्गवाबाट काठमाण्डौँ आउँदै गरेको ना ५ख २७७० नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा मिति २०७७ कार्तिक २५ गते बसको पछाडिको डिकिमा सेतो ४ वटा बोरामा लुकाई छिपाई ल्याएको पटाका जम्मा ५४हजार६०० थान BIG लेखिएको बिष्फोटन पदार्थ पटाका जम्मा ३०० ( तीन सय ) थान र Roll Caps लेखिएको बिष्फोटक पदार्थ ५००० रोल ( पाँच हजार) रोल फेलापारी उक्त पटका ओसारपसार गर्ने सोही यात्रुवाहक बसका सहचालक जिल्ला सर्लाही बरहथवा नगरपालिका वडा नं. ३ घर बताउने २४ वर्षको बिक्रम शेखलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरीएको पटकाको अबैध बजार मुल्य अनुमानित रू ३ लाख रहेको छ ।
यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *