
प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहको निरीक्षण तथा निर्देशन सम्पन्न
२नं:प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सप्तरीको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई समायनुकुल प्रहरी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने विषयमा निर्देशन समेत गर्नुभएको छ । निरीक्षणको क्रममा सप्तरी प्रहरी कार्यालयमा पुग्नुभएका प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुभएको थियो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले देशको परिस्थिति अनुरुप आईपर्न सक्ने जस्तोसुकै आरोह अवरोहहरुलाई समाना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।