
अबैध बाघको छाला सहित १ जना पक्राउ ।
अछाम जिल्ला कमलबजार नगरपालिकामा अवैध बाघकाे छाला सहित विष्णु बहादुर विष्टलाई पक्राउ गरेकाेछ।

कमलबजार नगरपालिका वडा नं.८ ढाकु बस्ने धनपती बिष्टको छोरा विष्णु बहादुर बिष्टको घरमा बाघको छाला लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले खान तलासी गर्दा निजको घरको गोठमा पराल भित्र लुकाई राखेको अवस्थामा पुच्छर सहितको बाघको छाला १ थान बरामद गरिएको प्रहरी निरिक्षक जाेशीले बताएकाे छ।
विष्णु बहादुर बिष्ट लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको कमल बजारका प्रहरी प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभएको छ ।