अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ

  •   काभ्रे
  •   ५ बैशाख २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

अवैध अन्तर्राष्ट्रिय कल बाईपास (VOIP)मा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, ५ वैशाख

Photo File :-DIG Sahakul Thapa

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरिएकाे  सिआईबीका प्रमुख, डिआईजी सहकुल थापाले बताए ।

अनुमति नलिई काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैह्र-कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागंजबाट खटिएको प्रहरीले उनीहरुलाई चन्द्रागिरी नगरपालिका-२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको  छ ।

उनीहरु उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *