अन्तराष्ट्रिय बिमानस्थल,सुरक्षा कार्यालय गौचरनको कमाण्डमा प्रहरी वरिष्ठ उपरीक्षक बास्तोला

  •   काभ्रे
  •   १२ मंसिर २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले महानगरिय प्रहरी अन्तराष्ट्रिय बिमानस्थल,सुरक्षा कार्यालय गौचरनको कमाण्ड सम्हाल्नु भएकाे छ।

महानगरीय प्रहरी अन्तराष्ट्रिय बिमानस्थल कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले अन्तराष्ट्रिय बिमानस्थलमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो ।

साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा  राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बास्तोलाले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published.