
बेथानचोक गाउँपालिकास्तरीय वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “बेथानचोक क्षेत्रमा पर्यटकिय सम्भावना, पर्यटकिय विकास र प्रवर्द्धनमा युवाको भुमिका “विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
बेथानचाेक गाउपालिकामा पनि विश्वव्यापी रूपमा फैलिएकाे काेभिड १९ संक्रमणमा देखिएकाे तिव्रतालाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले अतिअावश्यक बाहेकका सम्पुर्ण क्रियाकलाप पुर्णरूपमा निषेध गरेकाे अवस्थालाई सिर्जनात्मक र कलात्मक बनाउन बेथानचाेक गाउपालिकाकाे भाैगाेलिक बनावट,प्राकृतिक साैन्दर्य,जैविक विविधता ,कला,संस्कृति ,भाषा तथा पर्यटन विकासका सम्भावना र महत्वलाई युवाकाे तार्किक एवम् बाैद्धिक मन्थन जनमानसमा पुर्याउने हेतुले प्रविधिकाे युगमा अनलाईन प्रविधिकाे प्रयाेग भर्चुअल जुम आईडीबाट वक्तित्वकला सम्पन्न भएकाे हाे ।
जुम भर्चुअल माध्यमबाट सञ्चलन भएको प्रतियोेगितामा १८ जना प्रतिस्पर्धी सहभागी थिए । १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै बिस्मिता तिमल्सिना प्रथम हुन सफल भएकी छिन । त्यस्तै उपा शंखर द्धितिय र सुरक्षा अधिकारी तृतिया भएकी छिन् भने कमल नेपाल सान्त्वना मा विजयी भएका हातेमालो युवा समाजका अध्यक्ष विनाेद तिमल्सिनाले बताउनु भयाे ।
भिडियाे तलकाे लिंक खाेलेर हेर्नुहाेला,
प्रतियोगितामा प्रथम भएकी बिनिताले नगद ७ हजार र क्रमशः द्धितिय, तृत्तिय र सान्त्वना हुनेलाई नगद पुरस्कार ५ हजार, ३ हजार र १ हजार डिजिटल माध्यमबाट विजयी प्रतियाेगीहरूलाई वितरण गरिएकाे थियाे भने प्रमाण पत्र अनलाइन जिमेलकाे प्रयाेगबाट वितरण गरिएको पार्वती एल्मुनाई एशाेसियसन नेपालका अध्यक्ष मिठाराम बास्ताेलाले जानकारी गराउनु भयाे ।

कार्यक्रम बेथानचोक गाउँपालिका भित्र रहेका सामाजिक संस्था हातेमालो युवा समाज, बेथानचोक क्षेत्र सरोकार समाज, पर्वती एल्मुनाई एशोसिएसन नेपाल र बेथानचोक जेसिसको संयूक्त आयोजाना भएको हो ।
भर्चुअल वक्तित्वकला प्रतियोगिता कार्यक्रममा बाग्मती प्रदेश माननीय सांसद बसुन्धरा हुमगाई प्रमुख अतिथि हुनहुन्थ्याे भने यातायात व्यवस्था विभागका महानिर्देशक ,नेपाल सरकारका सह-सचिव नमराज घिमिरे, बेथानचाेक गाउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सीना र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनाल विशिष्ट अतिथिकाे रूपमा उपस्थिति हुनु भएकाे बेथानचाेक क्षेत्र सराेकार समाजका सल्लाहकार मछिन्द्र कुमार लामाले बताउनु भयाे ।

शिक्षा विकास तथा समन्वय ईकाई नुवाकाेटका प्रमुख अर्जुन श्रेष्ठ ,साहित्यकार रमेश तिमल्सिना (सागर ) र जेसिजका शिवप्रसाद भुसालले भर्चुअल माध्यमबाट भएकाे वक्तित्वकलाकाे निर्णायक गर्नु भएकाे थियाे भने छवि श्रेष्ठ ,जयराम तिमल्सिनाले कार्यक्रमकाे सञ्चालन र सहजिकरण गरेकाे भर्चुअल कार्यक्रमका संयाेजक हातेमालाे युवा समाजका सचिव सन्ताेष तिमल्सिनाले जानकारी गराउनु भयाे ।
रेडियाे गाैरव ९७ मेगाहर्ज बाट प्रत्यक्ष प्रशारण भएकाे कार्यक्रममा २४ जना प्रतियोगिहरू सहभागी मध्य २२ जना सहभागी भएका थिए भने ४ जनाकाे प्राविधिक कारणले विचैबाट अाेझेल पर्नुपर्ने बाध्यता भएसंगै १८ जनाकाे पुर्णरूपमा सहभागी भएकाे थियाे ।
कार्यक्रममा बेथानचाेक गाउपालिकाका वडा अध्यक्ष ,स्कुलका प्रधानाध्यापक ,पत्रकार,स्वदेश देखि विदेश सम्म २०० जना भन्दा बढीकाे जुम आईडीमा सहभागी रहेकाे थियाे ।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ