अतिसबाजी(पटका) सहित दुइ जना पक्राउ/सुनसरी

  •   काभ्रे
  •   २३ आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

अतिसबाजी(पटका) सहित दुइ जना पक्राउ

असाेज २३ , सुनसरी,

सुनसरी ईटहरी-५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो ।

यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *