अट्ठाइसौ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा

  •   काभ्रे
  •   २४ जेष्ठ २०७७, शनिबार
  •   खबर न्युज नेपाल
#police
0Shares
इश्वर दुलाल

यस्ता छन् भावी आईजीपीका प्रतिस्पर्धी              

अट्ठाइसौ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यवसायीक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । पालसँग नेपाल प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएर चुनौतीपूर्ण काम गरेको अनुभव छ । उनले रूपन्देही, धनुषा कास्की तथा डडेलधुरा नुवाकोटलगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी चुनौतीपूर्ण जिम्मेवारीको मानिने प्रदेश दुई प्रहरी प्रमुख रहँदा पालको कमाण्डमा अपराध, चोरी, तस्करी तथा चगुण्डागर्दी नियन्त्रणमा सफल भएसँगै सरकारले उनलाई विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो आतंकवाद तथा प्रतिआतंकवाद विरूद्धको विशेष रणनीति तथा कारवाही गर्ने प्रहरीको महत्त्वपूर्ण मानिने विशेष ब्यूरोमा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी सम्हालिसकेका एआईजी पाल प्रहरीको भावी नेतृत्वका प्रबल दाबेदार हुन् ।पालले नेतृत्व सम्हालेसँगै विशेष ब्यूरोले विप्लव समूहमाथि गोप्य निगरानी तथा अपरेसन चलायो । जसका कारण पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढि उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् । एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा शृङ्खलाबद्ध रूपमा विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पाल विशेष ब्यूरोमा आएर विप्लव समूहमाथि अपरेसन सुरु गरेका थिए ।ब्यूरोले ठूलो संख्यामा बिप्लव समूहबाट हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समूह पछिल्लो समय प्रभावबिहीन बनिसकेको छ ।एआईजी पाल हाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् । प्रहरीमा निडर, आक्रामक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी हुन् ।प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।नीतिगत निर्णय गर्न रूचाउने थापा शालिन प्रहरी अधिकारीका रूपमा परिचित छन् ।एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बरियतामा दोस्रो नम्बर रहेका थापासँग फिल्डमा काम कम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर जस्ता आरोप लाग्ने गर्छ ।हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ ।प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजी बढुवा भएका थिए ।विवादरहित प्रतिस्पर्धानेपाल प्रहरी २०४६ सालदेखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ–आफ्ना क्षेत्रमा अब्बल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने आपसमा प्रतिबद्धता गरेका छन् ।९८ औ व्याचमा नेपाल प्रहरीमा भर्ना भएका पाल र क्षेत्रीमध्ये एकजना आईजीपी नियुक्त हुनेछन् । तारिणी लम्साल आईजीपी ज्ञवालीसँगै अनिवार्य अवकाशमा गएसंगै रिक्त हुने दुई एआईजी पदमा रोलक्रम अनुसार अगाडि रहेका पाल र थापाका सहब्याची डिआईजीद्वय प्रद्युम्न कार्की तथा निरजबहादुर शाही एआईजीमा बढुवा हुनेछन् ।यी चारैजनामा पाल र थापाबीच जो सुकै आईजीपी नियुक्त भएपनि एक अर्कालाई सहयोग गर्ने सहमति समेत बनेको बताइन्छ । नेपाल प्रहरीमा लामो समयदेखि भैरहेको अस्वस्थ प्रतिस्पर्धा यो पटक देखिएन भने आगामी नेतृत्वलाई काम गर्न सहज हुनेछ जसको प्रत्यक्ष प्रभाव शान्ति सुरक्षामै देखिनेछ ।कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी फैलिएसंँगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ ।संक्रमणका कारण बिदेशमा रोजगारीका लागि गएका लाखौं युवा स्वदेश फर्कने क्रममा छन् । संक्रमणका कारण महंगी तथा बेरोजगारी बढन सक्ने अनुमान गरिएको छ । जसका कारण अपराध, चोरी डकैती बढ्नसक्ने भएकाले प्रहरीको आगामी नेतृत्व संभावित सुरक्षा चुनौतीको सामना गर्न सक्ने अनुभवी हुनुपर्ने राजनीतिक उपल्लो वृत्तमा चर्चा सुरु भएको छ ।जसका लागि विगतमा फिल्डमा खटिएर कुशल नेतृत्व प्रदान गरेको जोखिमपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको आधारमा एआईजी पाल नै २८ औ आईजीपी नियुक्त हुनसक्ने प्रवल संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *