अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे पाठ्यक्रम विकास केन्द्रमा छापा

  •   काभ्रे
  •   ३० जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्रमा छापा मारेको छ । निजी पुस्तक प्रकाशकहरूले पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बेगर नै पाठ्यक्रमको लोगो प्रयोग गरेर लकडाउनकै अवधिमा कक्षा एकको थप पाठ्यपुस्तक बजारमा बिक्री–वितरण गरिहेका बेला अख्तियारले छापा मारेको हो । अख्तियारले निजी प्रकाशकहरूले स्वीकृतिका लागि बुझाएका निवेदन, केन्द्रले स्वीकृति दिने भनी गरेको निर्णयको फाइल, दर्ता रजिष्ट्रार र लेखकहरूको सूचि नियन्त्रणमा लिएको छ ।  गैरकानुनी रूपमा निजी प्रकाशकले कक्षा एकको पुस्तक बजारमा लगेको समाचार आएपछि कक्षा एकको स्वीकृतिसँग जोडिएका सबै दस्तावेजहरू अख्तियारले लगेको छ,’ महानिर्देशक दहालले भने, ‘छानबिनकै क्रममा छ । आज पनि अख्तियारले थप कागजात मागेको थियो, दिइयो ।’ 
सरकारले यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको कक्षा एकदेखि तीनसम्मको एकीकृत पाठ्यक्रमअनुसार यस वर्ष कक्षा एकमा नयाँ पाठ्यक्रम लागू गरिएको छ ।केन्द्रका महानिर्देशक केशव दहालले निजी प्रकाशकहरूको कक्षा एकको स्वीकृति तथा बिक्री वितरणका लागि तयार पारिएको सम्पूर्ण फाइल अख्तियारले छानबिनका लागि लगेकाले स्वीकृतिमा ढिलाइ भएको बताए । उनले अझै पनि अख्तियारले थप कागजातहरू माग्ने क्रम जारी नै रहेको जनाए । 
त्यही अनुसार निजी प्रकाशन गृहहरूले पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हो । तर हाल पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिन ढिलाइ गरेपछि निजी प्रकाशन गृहहरूले पुरानै किताब बजारमा लगेका थिए । कतिपयले नयाँ पाठ्यक्रमअनुसार किताब छपाइ गरे पनि बिनास्वीकृति बजारमा पुर्याएका थिए ।  सरकारले सरकारी विषयको पाठ्यक्रम तयार र किताब लेखनका लागि पाठ्यक्रम विकास केन्द्रमा विषयगत पाठ्यक्रम अधिकृत तथा विज्ञहरू नियुक्त गरेको छ । उनीहरूको तलब, सेवा–सुविधा र विज्ञताको तालिमसमेत सरकारले उपलब्ध गराएर सरकारी किताब लेख्न विज्ञहरू तयार पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *